Monday, April 19, 2010

Fagat ek najarma lyrics

स्वर- हरि प्रसाद रिमाल

फगत एक नजर म कसैले लियो मन
जति बिर्सून भन्छु उति सम्झने झन्
फगत एक नजरमा

प्रथम भेट मै भित्र कुत् कुत् उठेथ्यो
नजर के झुकेथ्यो कदम के रुकेथ्यो
नजानी नजानी कनै लठियो तन *२

फगत एक नजरमा कसैले लियो मन
जति बिर्सू भन्छु उति सम्झने झन्
फगत एक नजरमा

नयाँ प्रीत रे नयाँ गीत् रे यो *२
कुनै मीतको जीतको रित रे यो
छछल्क्यो जवानी झझल्की नयाँपन *२

फगत एक नजरमा कसैले लियो मन
जति बिर्सून भन्छु उति सम्झने झन्
फगत एक नजरमा

Manis khoji rahechu Lyrics

गीत्-- मानिस खोजि रहेछु
स्वर- शिशिर योगी
रचना- डा. विश्वनाथ 'प्रेम'


छाडेर काम सारा एक काम खोजि रहेछु
यो देशमा म एउटा मानिस खोजिरहेछु
भेटे कहीं बताए हे राष्ट्रका बटोही
रक्ष्यार्थ जन्मेका छन् की सपुत कोही
यो प्रश्न ख्याल राखे सबलाई सोधी रहेछु
यो देशमा म एउटा मानिस खोजि रहेछु

आमा यदि नबाचे कसको प्यार पिउने
कुन काखमा रमाउने कसका निमित्त जिउने
मुर्छित मातृभूमि को प्राणको हरणमा
यो बिषको घडा जो पिउने छ ति रढमा
त्यस्ता परम् प्रतापी त्यस्ता अजय नायक
अवतार भएर मानौ भुभार हर्न लायक
म त्यही महान मानवको मार्ग खोपी रहेछु * २
यो देश मा म एउटा मानिस खोजि रहेछु

यो मूल घर ढलेमा ठाउँ कहाँ छ जाने
होला कुनै त बाटो जोडेर साथ लाने
पाएर शक्ति सत्ता गर्दैन जो कुकर्म
आफ्नै शरीर अरुको जो बुझ्छ भित्रि मर्म
संचेतना जगाई यो देश माथि लाने
आशा र उन्नति को दृष्टि दिएर जाने
म त्यही नयाँ भविष्यको बिज रोपी रहेछु *२
यो देशमा म एउटा मानिस खोजि रहेछु *२

Blogger Buzz: Blogger integrates with Amazon Associates

Blogger Buzz: Blogger integrates with Amazon Associates