डडेलो लागेर वन एकै चोटीमा सखाप हुन्छ
नलाउनु पर्ने माया लगाए धराप हुन्छ
कि राख हुन्छ कि खाक हुन्छ
कालो बर्णको छु फगत जे गरे पानी कहाँ साफ हुन्छ
केहि रुखले मात्र काठ हुन्छ
रुखो बचनले कोहि हठात हुन्छ
सडकमा बिताउनलाई मात्र अनि त्यो रात हुन्छ
फेरी कुनै बच्चा फगत अनाथ हुन्छ
जवानी को माया उम्रिन नपाई तीन पात हुन्छ
नचाहँदा नचाहँदै दिन अनि रात हुन्छ
पुस माघ को मौसममा पर्ने जस्तै
पलाएको मायामा फेरी फगत तुषारापात हुन्छ
अन्धोलाई जे नि अन्धकार हुन्छ
सभ्यलाई अरुको कुरा रबाफ हुन्छ
सबै प्रश्न को जहिले नि कहाँ जवाफ हुन्छ
फगत मान्छे न हूँ कहिले कहीं त बानि खराब हुन्छ
पानी उम्लेमा बाफ हुन्छ
सुर्य चन्द्र र पृथिवी एकै घेरा मा आउँदा
कि खग्रास कि खण्डग्रास हुन्छ
गल्ति गर्नेलाई फगत कहिले कहीं त माफ हुन्छ ?
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment