कसले भन्यो अचानोको मार् खुकुरीले जान्छ, आफुलाई तिर्खा लाग्दा अरुले काहि पानी खान्छ ?
भर पर्न छोडे हुन्छ अरुको यहाँ, आफ्नै भाग्यले त ठग्छ यहाँ फगत जगले कहाँ छाड्छ ?
प्रतियोगिता आफै सँग छ यहाँ दोष अरुलाई किन जान्छ, हरेस खानेको अब यहाँ कहाँ काम छ?
पौठेजोरी खेल्दै जाने हो जिन्दगीसँग, यो बाजीको मजा बार बार कहाँ कसले मार्न पाउँछ?
नत्र पछि अन्तिममा त उसैले जिती भ्याउछ, अईया आमा भन्ने मौकानी फेरी कहाँ आउँछ?
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment